४ बैशाख २०८१, मंगलबार

देशभर ६६० जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १९४२ जनामा पिसिआर परिक्षण गर्दा ३२६ जना र २७४० जनामा एन्टीजेन परिक्षण गर्दा ३३४ जना गरी जम्मा ४६८२* नमुनाको परीक्षण गर्दा ६६०* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४४४ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख ७२ हजार ६४ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट १ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणवाट ११९७१ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हाल देशभर ५६४१ जना सक्रिय कोरोना संक्रमितमध्‍ये ५४७१ जना होम आइसोलेसनमा रहेका छन् भने १७० जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ४६ जना आईसीयू र २ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

हालसम्म नेपालमा ५८ लाख ३३ हजार ५९१ पिसिआर परीक्षण भएको छ भने १२ लाख ९७ हजार ४७६ एन्टीजेन परीक्षण गरिएको छ भने क्वारेन्टाइनमा कोही पनि बसेका छैनन् ।

*एसएमएस र इमेलबाट प्राप्त आरडीटी एन्टीजेनको विवरण समावेश गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !