८ बैशाख २०८१, शनिबार

सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु


सेती प्रादेशिक अस्पताल

धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको अस्थायी कोभिड अस्पतालमा उपचाररत १ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

उक्त आईसीयूमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का ५० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

हिजो बिहीबार मात्र अस्पतालमा भर्ना भएका ती पुरुषमा अल्कोहोलिक हेपाटाइटिसको समस्या देखिए पनि परीक्षणका क्रममा उनमा पनि कोरोना भाइरसको संक्रमण देखिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !