८ बैशाख २०८१, शनिबार

काठमाडौँ उपत्यकामा एकैदिन ३०१ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ उपत्यका

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ३०१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा २३६ जना, ललितपुर जिल्लामा ४८ जना र भक्तपुर जिल्लामा १७ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौं उपत्यकामा हिजो २६४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । काठमाडौँ उपत्यकामा हिजो भन्दा आज कोरोना संक्रमण बढेको छ ।

उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा २९९१, ललितपुर ७९२ र भक्तपुरमा ९७ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । योसँगै काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या ३८८० पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !