१३ बैशाख २०८१, बिहिबार

काठमाडौंमा आजदेखि ६ गतेसम्म कोरोनाविरुद्धको बुस्टर डोज खाेप लगाइने


कोभिशिल्ड

काठमाडौं । काठमाडौं जिल्लामा आजदेखि ६ गतेसम्म कोरोना भाइरस (कोभिड-१९) विरुद्धको बुस्टर डोज खाेप लगाइने भएको छ । काठमाडौंमा १८ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको बुस्टर मात्रा खोप दिइने भएको हो ।

काठमाडौं जिल्लाका सबै स्वास्थ्य संस्थाबाट कोरोनाविरुद्धको कोभिशिल्ड खोपको बुस्टर मात्रा दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जानकारी दिएको छ ।

खोप अभियान बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म काठमाडौंका सबै स्वास्थ्य संस्थामा खोप कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य कार्यालयले बताएको छ ।

दोस्रो मात्रा खोप लगाएको तीन महिना पुगेकाले बुस्टर खोप लगाउन मिल्छ । ज्वरो आइरहेका र अरू कारणले बिरामी भएकालाई खोप नलगाउन डाक्टरले सुझाव दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु