१३ बैशाख २०८१, बिहिबार

बालबालिकाका लागि दिइने थप २३ लाख कोरोना खोप आइपुग्यो नेपाल


फाइजर र बायोएनटेक

काठमाडौं । ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि दिइने थप २३ लाख कोरोना भाइरस (कोभिड-१९) खोप काठमाडौं आइपुगेको छ । कोरोनाविरुद्धको पेडियाट्रिक फाइजर खोप नेपाल आइपुगेको हो ।

कोभ्याक्स सुविधाअन्तर्गत २२ लाख ९९ हजार २ सय मात्रा खोप नेपाल आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । आज आइतबार बिहान कतार एयरको उडानमार्फत खोप आएको हो ।

यो खोप केही दिनअघि पहिलो चरणमा फाइजर खोप लगाएका ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई दोस्रो डोजको रुपमा खोप प्रयोग गरिनेछ । पहिलो मात्रा खोप लगाएका बालबालिकालाई आगामी साउन २ देखि ८ गतेसम्म दोस्रो मात्रा खोप दिइने मन्त्रालयले योजना बनाएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !