फेरि बढ्न थाल्यो कोरोना संक्रमण, आज ४९ जनामा पुष्टि Nepalpatraफेरि बढ्न थाल्यो कोरोना संक्रमण, आज ४९ जनामा पुष्टि
३० श्रावण २०७९, सोमबार

फेरि बढ्न थाल्यो कोरोना संक्रमण, आज ४९ जनामा पुष्टि


नेपालमा कोरोना

काठमाडौँ । पछिल्लो दिन कोरोना भाइरस संक्रमितको सङ्ख्या बढ्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार आज ४९ जनामा संक्रमण पुष्टि भएको छ ।

बुधबार ३१ जना र मङ्गलबार १९ जनामा संक्रमण देखिएको थियो । पछिल्लो २४ घण्टामा दुई हजार ४९४ नमूना परीक्षण गर्दा ४९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

सो अवधिमा १२ जना संक्रमणमुक्त भएका छन् । हाल १६३ जना सक्रिय संक्रमित छन् । आज ८५ हजार ६५७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

नेपालमा हालसम्म ११ लाख १९ हजार ८६६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने ११ हजार ९५२ जनाको सङ्क्रमणबाट ज्यान गएको छ ।

*४९ हुनुपर्नेमा १९ भएकोमा सच्चाइएको छ – प्रधान-सम्पादक


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !