१३ बैशाख २०८१, बिहिबार

देशभर १४ जनामा कोरोना पुष्टि, ८ जना निको


नेपालमा कोरोना

काठमाडौँ । कोरोना भाइरसको संक्रमण १४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार दुई हजार ५९५ जनामा कोरोना परीक्षण गर्दा १४ जनामा मात्र संक्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार सक्रिय संक्रमितको सङ्ख्या १०१ जना रहेका छन् । विगत २४ घण्टामा आठ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६७ हजार ११० पुगेको छ । निको हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

आज संक्रमणबाट कसैको पनि निधन भएको छैन । शून्य संक्रमित भएको ३६ जिल्ला पुगेका छन् । नेपालमा सङ्क्रमण दर १७.२ प्रतिशत छ । नेपालमा प्रति १० लाखमा ३९३.४ को निधन भएको छ ।

आज एक लाख ४३ हजार ५८२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म होम आइसोलेसनमा १०० जना, संस्थागत आइसोलेसन र सघन उपचार कक्षमा एक÷एक जना उपचार गराइरहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !