देशभर ११ जनामा कोरोना संक्रमण पुष्टि, १२ जना निको Nepalpatra देशभर ११ जनामा कोरोना संक्रमण पुष्टि, १२ जना निको
१४ असार २०७९, मंगलबार

देशभर ११ जनामा कोरोना संक्रमण पुष्टि, १२ जना निको


नेपालमा कोरोना

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ३ हजार ३० को परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमितको संख्या ९ लाख ७९ हजार ६२ पुगेको छ । एन्टिजेन परीक्षण विधिबाट सङ्क्रमितको सङ्ख्या एक लाख ४० हजार २०९ रहेको छ । पछिल्लो समय थप १२ संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ६६ हजार ९६२ पुगेको छ ।

नेपालमा यस संक्रमणबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५२ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १४८ रहेको छ । होम आइसोलेशनमा १४८ रहेका छन् भने आईसीयु र भेन्टिलेटरमा १/१ जना रहेको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !