देशभर आज ४१ जना कोरोना संक्रमित थपिए, २० जना निको Nepalpatraदेशभर आज ४१ जना कोरोना संक्रमित थपिए, २० जना निको
३० श्रावण २०७९, सोमबार

देशभर आज ४१ जना कोरोना संक्रमित थपिए, २० जना निको


नेपालमा कोरोना
काठमाडौँ । पछिल्लो २४ घण्टामा ४१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार तीन हजार ३५८ जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।मन्त्रालयका अनुसार हाल २०८ जना सक्रिय सङ्क्रमित छन् । सो अवधिमा २० जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार ४०९ पुगेको छ । सङ्क्रमितमध्ये सङ्क्रमणमुक्त हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

आज एक लाख २७ हजार ७९२ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । मन्त्रालयले यही असार ९ देखि १५ गतेसम्म ५ वर्षदेखि १२ वर्ष मुनिका बालबालिकालाई कोरोना भाइरस विरुद्धको पहिलो खोप लगाइरहेका छन् ।

हाल होम आइसोलेशनमा २०२, संस्थागत आइसोलेशनमा ६ जना र तीन जनाको सघन उपचार कक्ष (आइसियु)मा उपचार भइरहेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले सङ्क्रमण बढिरहेको बताए ।

सङ्क्रमण बढेसँगै भारतबाट नेपाल आउनेमा कोरोना परीक्षण सुरु गरिएको र उनीेहरूमा कोरोनासँगै मलेरिया सङ्क्रमण पनि भेटिएको उनले जानकारी गराए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !