७ बैशाख २०८१, शुक्रबार

देशभर आज थप १५ जनामा कोरोना संक्रमण पुष्टि


नेपालमा कोरोना

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण आज १५ जनामा मात्र देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा तीन हजार ४५३ जनामा कोरोना परीक्षण गर्दा १५ जनामा सङ्क्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २१५ रहेको छ । पछिल्लो समय १७ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६६ हजार ७४७ पुगेको छ ।

निको हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन । शून्य सङ्क्रमित जिल्ला ३० पुगेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !