देशभर थप १८ जनामा कोरोना संक्रमण पुष्टि Nepalpatraदेशभर थप १८ जनामा कोरोना संक्रमण पुष्टि
२८ श्रावण २०७९, शनिबार

देशभर थप १८ जनामा कोरोना संक्रमण पुष्टि


नेपालमा कोरोना

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ९४७ को परीक्षण गर्दा उक्त सङ्ख्यामा संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७८ हजार ७३२ पुगेको छ । एन्टिजेन परीक्षण विधिबाट सङ्क्रमितको सङ्ख्या एक लाख ४० हजार १७९ रहेको छ ।

पछिल्लो समय थप १७ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६६ हजार ४९८ पुगेको छ । निको हुने दर ९८ दशमलव आठ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय कारोनाको कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा यस रोगबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ । त्यसैगरी पछिल्लो समय ४८ हजार ७८० ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २८३ रहेको छ । अहिले होम आइसोलेसनमा २८१ रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेशनमा दुई जना रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु