देशभर थपिए १४ जना कोरोना संक्रमित, १७ जना निको Nepalpatra देशभर थपिए १४ जना कोरोना संक्रमित, १७ जना निको
७ जेष्ठ २०७९, शनिबार

देशभर थपिए १४ जना कोरोना संक्रमित, १७ जना निको


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २३७६ जनामा पिसिआर परिक्षण गर्दा १२ जना र १२५८ जनामा एन्टीजेन परिक्षण गर्दा १ जना गरी जम्मा ३६३४* नमुनाको परीक्षण गर्दा १४* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख ६६ हजार ८२३ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट कसैको मृत्यु भएको छैन । हालसम्म कोरोना संक्रमणवाट ११९५२ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा ५ जना र ललितपुर जिल्लामा १ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ५६ लाख ५९ हजार २४१ पिसिआर परीक्षण भएको छ भने ११ लाख ७९ हजार ३८६ एन्टीजेन परीक्षण गरिएको छ भने १०६ जना क्वारेन्टाइनमा बसेका छन् । हाल देशभर १८५ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

आजसम्म १ करोड ८९ लाख ७० हजार ४७४ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने १ करोड ९७ लाख ३३ हजार ८९३ जनाले पूर्ण मात्रा खोप लगाउनुका साथै ३६ लाख ९५ हजार ४४८ जनाले अतिरिक्त मात्र खोप लगाइसकेकाले जम्मा ४ करोड २३ लाख ९९ हजार ८१५ मात्रा कोरोना खोप लगाई सकिएको छ ।

*एएमएस र इमेलवाट प्राप्त आरडिटी एन्टीजेनको विवरण समावेश गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !