देशभर थपिए १० जना कोरोना संक्रमित, ३४ जना संक्रमणमुक्त Nepalpatraदेशभर थपिए १० जना कोरोना संक्रमित, ३४ जना संक्रमणमुक्त
२७ श्रावण २०७९, शुक्रबार

देशभर थपिए १० जना कोरोना संक्रमित, ३४ जना संक्रमणमुक्त


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३६०० जनामा पिसिआर परिक्षण गर्दा ९ जना र १०९१ जनामा एन्टीजेन परिक्षण गर्दा १ जना गरी जम्मा ४६९१* नमुनाको परीक्षण गर्दा १०* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३४ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख ६६ हजार ३७३ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट कसैको मृत्यु भएको छैन । हालसम्म कोरोना संक्रमणवाट ११९५१ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा ४ जना र ललितपुर जिल्लामा २ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ५६ लाख ११५ पिसिआर परीक्षण भएको छ भने ११ लाख ५२ हजार ६२ एन्टीजेन परीक्षण गरिएको छ भने १०६ जना क्वारेन्टाइनमा बसेका छन् । हाल देशभर ३५० जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

आजसम्म १ करोड ८८ लाख ५५ हजार ४८० जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने १ करोड ९३ लाख ८२ हजार १७६ जनाले पूर्ण मात्रा खोप लगाउनुका साथै २४ लाख १३ हजार ५३२ जनाले अतिरिक्त मात्र खोप लगाइसकेकाले जम्मा ४ करोड ६ लाख ५१ हजार १८८ मात्रा कोरोना खोप लगाई सकिएको छ ।

*एएमएस र इमेलवाट प्राप्त आरडिटी एन्टीजेनको विवरण समावेश गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !