११ बैशाख २०८१, मंगलबार

८ लाख मात्रा एस्ट्राजेनेकाको कोरोना खोप नेपाल आइपुग्यो


अस्ट्राजेनेका कोरोना खोप

काठमाडौँ । बेलायत सरकारले कोभ्याक्समार्फत उपलब्ध गराएको कोराना भाइरस विरुद्धको खोप एस्ट्राजेनेकाको आज ८ लाख ६२ हजार ८० मात्रा नेपाल हिजो आइपुगेको छ ।

बेलायत सरकारले कोभ्याक्स सुविधामार्फत उपलब्ध गराउने २१ लाख ७४ हजार मात्रामध्येको खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागका आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए ।

उनका अनुसार आगामी फागुन १ गते १३ लाख १२ हजार मात्रा बाँकी खोप आउने छ । अहिलेसम्म नेपालमा चार करोड ६६ लाख मात्राभन्दा बढी खोप नेपाल आइसेकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !