७ बैशाख २०८१, शुक्रबार

थप ६८२७ जनामा कोरोना संक्रमण, एकैदिन १० जनाको मृत्यु


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १३७९१ जनामा पिसिआर परिक्षण गर्दा ४८०७ जना र ६०७८ जनामा एन्टीजेन परिक्षण गर्दा २०२० जना गरी ६८२७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५४३२ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ८ लाख ४२ हजार ४३६ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ८९.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट १० जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११६९७ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज २९४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा २१५३ जना, ललितपुर जिल्लामा ५१९ जना र भक्तपुर जिल्लामा २६८ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ५१ लाख ९९ हजार ४९५ पिसिआर परीक्षण भएको छ भने ९ लाख ५३ हजार ३९५ एन्टीजेन परीक्षण गरिएको छ भने १३९ जना क्वारेन्टाइनमा बसेका छन् । हाल देशभर ८९ हजार ९४१ जना सक्रिय संक्रमित रहेका छन् ।

आजसम्म १ करोड ६४ लाख ७४ हजार ५१४ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने १ करोड ३८ लाख ३३ हजार ६२९ जनाले पूर्ण मात्रा खोप लगाउनुका साथै २ लाख ९६ हजार ९ जनाले अतिरिक्त मात्र खोप लगाइसकेकाले जम्मा ३ करोड ६ लाख ४ हजार १५२ मात्रा कोरोना खोप लगाई सकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !