१२ बैशाख २०८१, बुधबार

काठमाडौं उपत्यकामा थप २९४० जनामा कोरोना पुष्टि


काठमाडौं उपत्यका

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज २९४० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा २१५३ जना, ललितपुर जिल्लामा ५१९ जना र भक्तपुर जिल्लामा २६८ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा नेपालमा ६८२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५४३२ जनाले कोरोना जितेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !