१६ लाख ६० हजार मात्रा मोडर्नाको खोप नेपाल आइपुग्यो Nepalpatra १६ लाख ६० हजार मात्रा मोडर्नाको खोप नेपाल आइपुग्यो
२१ मंसिर २०७९, बुधबार

१६ लाख ६० हजार मात्रा मोडर्नाको खोप नेपाल आइपुग्यो


मोडर्नाको कोरोना खोप

काठमाडौँ । नेपालमा कोरोना भाइरस विरुद्धको मोडर्ना खोप १६ लाख ६० हजार मात्रा आएको छ ।

विश्व बैंकको सहयोगमा कोभ्याक्स सुविधा अन्तर्गत १६ लाख ६० हजार मात्रा मोडर्ना खोप सोमबार साँझ आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए ।

मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने छ । उनका अनुसार अहिलेसम्म नेपालमा करिब ४ करोड १९ लाख मात्रा खोप आइसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !