८ बैशाख २०८१, शनिबार

देशभर एकैदिन १०३१९ जनामा कोरोना संक्रमण पुष्टि


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १६६५४ जनामा पिसिआर परिक्षण गर्दा ८०५४ जना र ४५४७ जनामा एन्टीजेन परिक्षण गर्दा २२६५ जना गरी १०२५४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५४० जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ८ लाख २४ हजार २३९ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ८९.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट ४ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११६५९ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ४६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा ३६३४ जना, ललितपुर जिल्लामा ५८७ जना र भक्तपुर जिल्लामा ४५५ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ५१ लाख ३८ हजार ३१६ पिसिआर परीक्षण भएको छ भने ९ लाख २६ हजार ६२९ एन्टीजेन परीक्षण गरिएको छ भने १४९ जना क्वारेन्टाइनमा बसेका छन् । हाल देशभर ८२ हजार ५५० जना सक्रिय संक्रमित रहेका छन् ।

आजसम्म १ करोड ६२ लाख ८९ हजार ४२५ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने १ करोड २९ लाख ६६ हजार ३६२ जनाले पूर्ण मात्रा खोप लगाउनुका साथै १ लाख ६८ हजार ९६९ जनाले अतिरिक्त मात्र खोप लगाइसकेकाले जम्मा २ करोड ९४ लाख २४ हजार ७५६ मात्रा कोरोना खोप लगाई सकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !