१२ बैशाख २०८१, बुधबार

जाजरकोटमा १५ स्वास्थ्यकर्मीमा देखियो कोरोना संक्रमण


नेपाल कोरोना

जाजरकोट । स्वास्थ्य सेवा कार्यालयका प्रमुख टीकाराम जैसीसहित १५ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित भएका छन् । संक्रमित सबै होम आइसोलेशनमा बसेका र अवस्था सामान्य भएको कार्यालयका सूचना अधिकारी कृष्णबहादुर खत्रीले जानकारी दिए ।

जिल्लाका नलगाड, बारेकोट र जुनिचाँदेमा समेत कोभिडबाट संक्रमित हुनेको सङ्ख्या बढिरहेको छ । पछिल्लो समय कोभिडबाट जोगाउन स्थानीय सरकारले तयारी गरेका छैनन् । राजनीतिक दलहरुले आफ्ना कार्यक्रमलाई निरन्तराता दिइरहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !