७ बैशाख २०८१, शुक्रबार

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनालाई कोरोना संक्रमण पुष्टि


गणेश प्रसाद तिमिल्सिना

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । आज पीसीआर परीक्षणको क्रममा उनलाई संक्रमण पुष्टि भएको उनका प्रेस सल्लाहकार अशोक पौडेलले जानकारी दिए ।

उनका अनुसार राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले बालुवाटारस्थित सरकारी निवासमा स्वास्थ्यलाभ गरिरहेका छन् ।

रुघाखोकी जस्ता समस्या आएपछि उहाँ स्वास्थ्यकर्मीको सल्लाह अनुसार स्वास्थ्य मापदण्ड अपनाउँदै केही दिन निवासमै आइसोलेशनमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !