१३ बैशाख २०८१, बिहिबार

‘बुस्टर डोज’ आजदेखि शुरु, काठमाडौँ उपत्यकाका कुन जिल्लामा कहिले ?


कोरोना खोप

काठमाडौं । देशभर अग्रपंक्तिमा खटिनेलाई आजदेखि कोरोना भाइरस (कोभिड-१९) विरुद्धको ‘बुस्टर डोज’ आजदेखि शुरु गरिएको छ । सरकारले यसअघि कोरोना भाइरसविरुद्धको खोप लगाएका अग्रपंक्तिमा खटिनेलाई खोपको थप मात्रा दिन शुरु गरेको हो ।

काठमाडौँ उपत्यकाको ललितपुर जिल्लामा आजदेखि कोरोनाविरुद्धको बुस्टर डोज लगाउन शुरु गरिएको छ । काठमाडौँ जिल्लामा भने सोमबारदेखि र भक्तपुरमा मंगलबारदेखि मात्रै खोप दिन शुरु गरिने बताइएको छ ।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार आइतबार पाटन अस्पतालबाट बुस्टर डोज लगाउन शुरु गरिएको हो । यस्तै, काठमाडौँबाट भने सोमबारबाट मात्रै बुस्टर डोज लगाउन शुरु हुने भएको छ ।

स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ २ गतेदेखि फ्रन्टलाइनमा काम गर्नेहरूलाई बुस्टर दिने घोषणा गरेपनि केही प्रवाधिक तयारी गर्नुपर्ने भएकाले आइतबार बुस्टर दिन नसकिएको हो ।

काठमाडौँ उपत्यकामा १८ स्थानबाट खोप दिने तयारी स्वास्थ्य कार्यालयले गरेको छ । साथै, भक्तपुरमा भने मंगलबारबाट खोप दिन थालिने छ । स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार केन्द्रबाट खोप ल्याउने कार्य भइरहेकाले मंगलबारबाट मात्रै खोप दिन लागिएको हो । उनका अनुसार भक्तपुरमा हरेक स्थानीय तह तथा स्वास्थ्य कार्यालयहरूबाट खोप लगाउने व्यवस्था मिलाइँदै छ ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार मन्त्री स्तरीय निर्णय गरेर माघको २ गतेदेखि अग्रपंतिमा खटिने व्यक्तिहरूलाई र १४ गतेदेखि ६० वर्ष र माथिका नगरिकहरूलाई कोभिड-१९ विरुद्धको बुस्टर डोज दिने निर्णय भएको सार्वजनिक गरेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अग्रपंक्तिमा खटिनेहरुलाई आज माघ २ गतेदेखि र ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई माघ १४ गतेदेखि बुस्टर डोज खोप दिन लागिएको हो ।

प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरुलाई पत्र लेखी बुस्टर डोज आग्रह गरिएको छ । पहिले लगाएकै खोपको पूर्ण मात्रा लगाइसकेका साथै ६ महिना पूरा भइसकेका नागरिकहरुलाई बुस्टर डोज लगाउन शुरु गरिएको हो ।

यो पनि पढ्नुहोस्

अग्रपंक्तिमा खटिनेलाई आजदेखि कोरोनाको ‘बुस्टर डोज’ दिइदै


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !