१३ बैशाख २०८१, बिहिबार

अग्रपंक्तिमा खटिनेलाई आजदेखि कोरोनाको ‘बुस्टर डोज’ दिइदै


कोरोना खोप

काठमाडौं । देशभर अग्रपंक्तिमा खटिनेलाई आजदेखि कोरोना भाइरस (कोभिड-१९) विरुद्धको ‘बुस्टर डोज’ दिइदै छ । सरकारले यसअघि कोरोना भाइरसविरुद्धको खोप लगाएका अग्रपंक्तिमा खटिनेलाई खोपको थप मात्रा दिन लागेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागकी जनस्वास्थ्य अधिकृत अन्जु बस्नेतले पुस ३० गते शुक्रबार एक सूचना जारी गर्दै अग्रपंक्तिमा खटिनेहरुलाई आज माघ २ गतेदेखि र ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई माघ १४ गतेदेखि बुस्टर डोज खोप दिन लागिएको जानकारी दिएकी थिइन् ।

प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरुलाई पत्र लेखी बुस्टर डोज आग्रह गरिएको छ । पहिले लगाएकै खोपको पूर्ण मात्रा लगाइसकेका साथै ६ महिना पूरा भइसकेका नागरिकहरुलाई बुस्टर डोज लगाइने भएको हो ।

माघ २ गते र माघ १४ गतेदेखि कोरोनाको बुस्टर डोज दिइने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !