६ बैशाख २०८१, बिहिबार

एकैदिन ४९६१ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १२५६२ जनामा पिसिआर परिक्षण गर्दा ४५३४ जना र २५६९ जनामा एन्टीजेन परिक्षण गर्दा ४२७ जना गरी ४९६१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४३५ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ८ लाख १६ हजार ४३८ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट ३ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११६२० जनाको मृत्यु भईसकेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ३३४७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा २५४५ जना, ललितपुर जिल्लामा ४७४ जना र भक्तपुर जिल्लामा ३२८ जनामा कोरोना संक्रमण देखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !