८ बैशाख २०८१, शनिबार

कोरोना भाइरसको नयाँ भेरियन्टले चुनौती थप्यो : प्रधानमन्त्री देउवा


प्रधानमन्त्री शेरबहादुर देउवा फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना नियन्त्रणमा नयाँ भेरियन्टले चुनौती थपेको बताएका छन् । तीव्र गतिमा सङ्क्रमण फैलने नयाँ-नयाँ भेरियन्टले ठूलो समस्या ल्याएको उनको भनाइ थियो । आगामी चैत मसान्तभित्र सबै नेपालीलाई खोप सरकारले लक्ष्य रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले खोप अभियानलाई प्रभावकारी बनाएर लैजाने बताए ।

“ओमिक्रोनजस्ता भाइरस डरलाग्दो तरिकाले आइरहेको छ, सबै नागरिकलाई खोपको पूर्ण मात्रा दिएर कुनै पनि हालतमा नागरिकलाई कोरोनाविरुद्धको बुस्टर डोज लगाउनुपर्ने, सीमा क्षेत्रमा होल्डिङ सेन्टरको स्थापना र चिकित्सकको व्यवस्था गर्नुपर्ने अवस्था छ”, उनले भने ।

कोरोनाविरुद्धको महामारीमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीको जीवन बिमा र सुरक्षाकर्मीलाई प्रोत्साहित गरिनुपर्ने प्रधानमन्त्री देउवाको भनाइ थियो । यसअघि नेपालले सञ्चालन गरेको खोप अभियान प्रभावकारी भएर विश्व स्वास्थ्य सङ्गठनले बधाई दिएको स्मरण गर्दै उहाँले आगामी दिनमा पनि कोरोना नियन्त्रणमा द्रूतगतिमा काम गर्नुपर्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !