काठमाडौं उपत्यकामा एकैदिन २६०७ जनामा कोरोना पुष्टि Nepalpatra काठमाडौं उपत्यकामा एकैदिन २६०७ जनामा कोरोना पुष्टि
११ माघ २०७८, मंगलबार

काठमाडौं उपत्यकामा एकैदिन २६०७ जनामा कोरोना पुष्टि


काठमाडौँ उपत्यका

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज २६०७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा १९१३ जना, ललितपुर जिल्लामा ३७७ जना र भक्तपुर जिल्लामा ३१७ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा नेपालमा ५०८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३०६ जनाले कोरोना जितेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !