८ बैशाख २०८१, शनिबार

एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण पुष्टि


प्रदिप ज्ञवाली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । ज्ञवालीले सामाजिक संजाल फेसबुकमा लेख्दै आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

उनले आफूलाई सामान्य लक्षण देखिएको भन्दै सम्पर्कमा आएकाहरूलाई लक्षण देखिनासाथ परीक्षण गराउन समेत आग्रह गरेका छन् । यद्यपि उनमा कोरोनाको सामान्य लक्षण मात्र भएको बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘कोभिड संक्रमण देखिएको छ । लक्षण सामान्य छन् । विगत ४-५ दिनका बीचमा निकट सम्पर्कमा आउनु भएका सबैलाई सजग र सुरक्षित रहन एवं कुनै लक्षण देखिनासाथ परीक्षण गराउनु हुन अनुरोध छ । सम्पर्कका लागि एसएमएस या इमेल प्रयोग गरिदिनु भए आभारी हुने थिएँ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !