८ बैशाख २०८१, शनिबार

देशभर थप २११ जनामा कोरोना पुष्टि, ३२९ जना भए निको


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८०१८ जनामा पिसिआर परिक्षण गर्दा १९७ जना र १४३३ जनामा एन्टीजेन परिक्षण गर्दा १४ जना गरी २११ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३२९ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ८ लाख ५ हजार ९०० जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट २ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११५४९ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १०० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ६४ जना, ललितपुर जिल्लामा २८ जना र भक्तपुर जिल्लामा ८ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४६ लाख ९६ हजार ३६६ पिसिआर परीक्षण भएको छ भने ७ लाख ५० हजार ५७० एन्टीजेन परीक्षण गरिएको छ भने ९७ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर ६ हजार १०५ जना सक्रिय संक्रमित रहेका छन् । आजसम्म १ करोड ८ लाख ४६ हजार ९१९ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ९० लाख ५८ हजार ५८२ जनाले पूर्ण मात्रा खोप जम्मा १ करोड ९९ लाख ५ हजार ५०१ मात्रा कोरोना खोप लगाई सकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !