१२ बैशाख २०८१, बुधबार

देशभर थप २५५ जनामा कोरोना पुष्टि, २५६ जना भए निको


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४३२९ जनामा पिसिआर परिक्षण गर्दा २४५ जना र २१४० जनामा एन्टीजेन परिक्षण गर्दा १० जना गरी २५५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५६ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ८ लाख २ हजार ९०९ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११५२६ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ६४ जना, ललितपुर जिल्लामा २९ जना र भक्तपुर जिल्लामा ११ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४६ लाख २२ हजार ५६० पिसिआर परीक्षण भएको छ भने ७ लाख ३२ हजार ८१४ एन्टीजेन परीक्षण गरिएको छ भने ९८ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर ६ हजार ९३१ जना सक्रिय संक्रमित रहेका छन् । आजसम्म ९८ लाख ७९ हजार ६४८ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ८४ लाख ३७ हजार ८६० जनाले पूर्ण मात्रा खोप जम्मा १ करोड ८३ लाख १७ हजार ५०८ मात्रा कोरोना खोप लगाई सकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !