६ बैशाख २०८१, बिहिबार

देशभर थप २५९ जनामा कोरोना पुष्टि, २६४ जना भए निको


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७२३१ जनामा पिसिआर परिक्षण गर्दा २४३ जना र २६५७ जनामा एन्टीजेन परिक्षण गर्दा १६ जना गरी २५९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६४ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ८ लाख २ हजार ६५३ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११५२४ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ११५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ७८ जना, ललितपुर जिल्लामा ३० जना र भक्तपुर जिल्लामा ७ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४६ लाख १८ हजार २३१ पिसिआर परीक्षण भएको छ भने ७ लाख ३० हजार ६७४ एन्टीजेन परीक्षण गरिएको छ भने ९८ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर ६ हजार ९४४ जना सक्रिय संक्रमित रहेका छन् । आजसम्म ९७ लाख २२ हजार ९६१ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ८३ लाख ८२ हजार ९९४ जनाले पूर्ण मात्रा खोप जम्मा १ करोड ८१ लाख ५ हजार ९५५ मात्रा कोरोना खोप लगाई सकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !