७ बैशाख २०८१, शुक्रबार

देशभर थप १५८ जनामा कोरोना पुष्टि, ३४२ जना भए निको


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ४ जनाको पीसीआर परीक्षण गर्दा १५४ जना र २ हजार ३ सय १४ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जना गरी १५८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३४२ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ८ लाख २ हजार ३८९ जना पुगेको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११५२३ जनाको मृत्यु भईसकेको छ ।

६ हजार ५८९ जना होम आइसोलेसनमा रहेका छन् भने ३७७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १७१ जना आईसीयू र ३३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

हाल देशभर ६ हजार ९६६ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप १ लाख २७ हजार ६११ जनाले कोरोनाभाइरस विरुद्धको खोप पनि लगाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !