देशभर थप २७० जनामा कोरोना पुष्टि, ३०२ जना भए निको Nepalpatra देशभर थप २७० जनामा कोरोना पुष्टि, ३०२ जना भए निको
११ मंसिर २०७८, शनिबार

देशभर थप २७० जनामा कोरोना पुष्टि, ३०२ जना भए निको


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७८२९ जनामा पिसिआर परिक्षण गर्दा २४२ जना र २६१७ जनामा एन्टीजेन परिक्षण गर्दा २८ जना गरी २७० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३०२ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ८ लाख १ हजार ७२२ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११५१८ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ९२ जना, ललितपुर जिल्लामा ३० जना र भक्तपुर जिल्लामा १२ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४५ लाख ९९ हजार ४८९ पिसिआर परीक्षण भएको छ भने ७ लाख २३ हजार ९७८ एन्टीजेन परीक्षण गरिएको छ भने ९८ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर ७ हजार २८७ जना सक्रिय संक्रमित रहेका छन् । आजसम्म ९४ लाख ८१ हजार ३९ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ८२ लाख ३७ हजार ३३७ जनाले पूर्ण मात्रा खोप जम्मा १ करोड ७७ लाख १८ हजार ३७६ मात्रा कोरोना खोप लगाई सकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !