१२ बैशाख २०८१, बुधबार

देशभर थप १४७ जनामा कोरोना पुष्टि, ८४५ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १४४६ जनामा पिसिआर परिक्षण गर्दा १३६ जना र ३२७ जनामा एन्टीजेन परिक्षण गर्दा ११ जना गरी १४७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८४५ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ८० हजार ७७६ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७.०३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११२७८ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ६३ जना, ललितपुर जिल्लामा २० जना र भक्तपुर जिल्लामा ७ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४३ लाख १३ हजार ८५८ पिसिआर परीक्षण भएको छ भने ६ लाख ३० हजार १४९ एन्टीजेन परीक्षण गरिएको छ भने २३१ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर १२ हजार ५९८ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना सक्रिय संक्रमितमध्ये ११ हजार ५४४ जना होम आइसोलेसनमा र १०५४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ३०७ जना आईसीयूमा र ९७ जना भेन्टिलेटरमा रहेका छन् ।

आजसम्म ८३ लाख ८८ हजार ४०२ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ६४ लाख ६९ हजार १५९ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !