८ बैशाख २०८१, शनिबार

देशभर थप ४५५ जनामा कोरोना पुष्टि, ८०४ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३४१८ जनामा पिसिआर परिक्षण गर्दा ३९८ जना र २७९६ जनामा एन्टीजेन परिक्षण गर्दा ५७ जना गरी ४५५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८०४ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ७९ हजार १५४ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९६.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११२६९ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा १४७ जना, ललितपुर जिल्लामा ४९ जना र भक्तपुर जिल्लामा २० जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४३ लाख १० हजार ३२० पिसिआर परीक्षण भएको छ भने ६ लाख २७ हजार २०२ एन्टीजेन परीक्षण गरिएको छ भने २३० जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर १३ हजार ८५३ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना सक्रिय संक्रमितमध्ये १२ हजार ७९१ जना होम आइसोलेसनमा र १०६२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ३१० जना आईसीयूमा र १०५ जना भेन्टिलेटरमा रहेका छन् ।

आजसम्म ८३ लाख ८८ हजार ४०२ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ६४ लाख ६९ हजार १५९ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !