देशभर थप ३६५ जनामा कोरोना पुष्टि, ६०९ जना संक्रमणमुक्त Nepalpatra देशभर थप ३६५ जनामा कोरोना पुष्टि, ६०९ जना संक्रमणमुक्त
१ कार्तिक २०७८, सोमबार

देशभर थप ३६५ जनामा कोरोना पुष्टि, ६०९ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३६७१ जनामा पिसिआर परिक्षण गर्दा ३२६ जना र १९२३ जनामा एन्टीजेन परिक्षण गर्दा ३९ जना गरी ३६५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६०९ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ७८ हजार ३५० जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९६.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११२६१ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १६३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा १२२ जना, ललितपुर जिल्लामा २९ जना र भक्तपुर जिल्लामा १२ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४३ लाख ६ हजार ९०२ पिसिआर परीक्षण भएको छ भने ६ लाख २४ हजार ४०६ एन्टीजेन परीक्षण गरिएको छ भने २३२ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर १४ हजार २६७ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना सक्रिय संक्रमितमध्ये १३ हजार १७२ जना होम आइसोलेसनमा र १०९५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ३१५ जना आईसीयूमा र १०७ जना भेन्टिलेटरमा रहेका छन् ।

आजसम्म ८३ लाख ८३ हजार ८८७ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ६४ लाख ६८ हजार ८९० जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !