८ बैशाख २०८१, शनिबार

देशभर थप ७८५ जनामा कोरोना पुष्टि, १२ जनाको मृत्यु


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७२३३ जनामा पिसिआर परिक्षण गर्दा ६६३ जना र ४९६२ जनामा एन्टीजेन परिक्षण गर्दा १२२ जना गरी ७८५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८८८ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ७६ हजार ८३१ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९६.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११२४३ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज २९५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा १९१ जना, ललितपुर जिल्लामा ७८ जना र भक्तपुर जिल्लामा २६ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४२ लाख ९६ हजार १७१ पिसिआर परीक्षण भएको छ भने ६ लाख १९ हजार ९२४ एन्टीजेन परीक्षण गरिएको छ भने २३१ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर १४ हजार ७८७ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना सक्रिय संक्रमितमध्ये १३ हजार ६२२ जना होम आइसोलेसनमा र ११६५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ३१४ जना आईसीयूमा र १११ जना भेन्टिलेटरमा रहेका छन् ।

आजसम्म ८३ लाख १७ हजार ९०२ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ६४ लाख ६२ हजार ७७६ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !