१२ बैशाख २०८१, बुधबार

देशभर थप १३३० जनामा कोरोना पुष्टि, १८३० जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९६२६ जनामा पिसिआर परिक्षण गर्दा १०३६ जना र ३९९६ जनामा एन्टीजेन परिक्षण गर्दा २९४ जना गरी १३३० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८३० जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ५४ हजार जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९५.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११०५३ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ४०२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा २६१ जना, ललितपुर जिल्लामा ९८ जना र भक्तपुर जिल्लामा ४३ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४१ लाख १३ हजार ५१२ पिसिआर परीक्षण भएको छ भने ५ लाख ४४ हजार ७३० एन्टीजेन परीक्षण गरिएको छ भने २५० जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर २१ हजार ५२४ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना सक्रिय संक्रमितमध्ये २० हजार १६४ जना होम आइसोलेसनमा र १३६० जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ३३५ जना आईसीयूमा र १०७ जना भेन्टिलेटरमा रहेका छन् ।

आजसम्म ६२ लाख ३० हजार ८२३ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ५६ लाख २८ हजार ७९२ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !