८ बैशाख २०८१, शनिबार

देशभर थप १०९५ जनामा कोरोना पुष्टि, २९५७ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १०७८६ जनामा पिसिआर परिक्षण गर्दा ९७५ जना र ३०३१ जनामा एन्टीजेन परिक्षण गर्दा १२० जना गरी १०९५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २९५७ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ५२ हजार १७० जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९५.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११०४८ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ३९६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा २९८ जना, ललितपुर जिल्लामा ३५ जना र भक्तपुर जिल्लामा ६३ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४१ लाख ३ हजार ८८६ पिसिआर परीक्षण भएको छ भने ५ लाख ४० हजार ७३४ एन्टीजेन परीक्षण गरिएको छ भने २६४ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर २२ हजार ३२३ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना सक्रिय संक्रमितमध्ये २० हजार ८९१ जना होम आइसोलेसनमा र १४३२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ३७१ जना आईसीयूमा र १०८ जना भेन्टिलेटरमा रहेका छन् ।

आजसम्म ६२ लाख १५ हजार ८५६ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ५५ लाख ८८ हजार ५१७ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !