देशभर थप ७३४ जनामा कोरोना पुष्टि, १४१३ जना संक्रमणमुक्त Nepalpatra देशभर थप ७३४ जनामा कोरोना पुष्टि, १४१३ जना संक्रमणमुक्त
११ मंसिर २०७८, शनिबार

देशभर थप ७३४ जनामा कोरोना पुष्टि, १४१३ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौं । नेपालमा आज ७३४ जनामा कोरोना भाइरस संत्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,३०४ पीसीआर परीक्षणमा ६५६ र २,७०९ एन्टिजेन परीक्षण गर्दा ७८ जना गरी ७३४ जनामा संक्रमण पुष्टि भएको हो ।

आज १४१३ जना संक्रमणमुक्त भएका छन्। त्यस्तैगरी कोरोन संक्रमणवाट १२ जनाको मृत्यु भएको छ । हाल देशभर २४ हजार ३१३ जना सक्रिय संक्रमति रहेका छन् । जसमध्ये २२ हजार ८६४ जना होम आइसोलेसनमा र १,४४९ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये ३९० जना आईसीयू र ११७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८४ हजार ५६६ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ४० पुगेको छ भने ७ लाख ४९ हजार २१३ जना संक्रमणमुक्त भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !