११ बैशाख २०८१, मंगलबार

देशभर थप १०६६ जनामा कोरोना पुष्टि, १२३४ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८५४० जनामा पिसिआर परिक्षण गर्दा ८३५ जना र २८१८ जनामा एन्टीजेन परिक्षण गर्दा २३१ जना गरी १०६६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२३४ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ४८ हजार ८०० जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९५.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११०२८ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा ४० लाख ८५ हजार ७९६ पिसिआर परीक्षण भएको छ भने ५ लाख ३४ हजार ९९४ एन्टीजेन परीक्षण गरिएको छ भने २४६ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर २५ हजार ८२ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना सक्रिय संक्रमितमध्ये २३ हजार ६३६ जना होम आइसोलेसनमा र १४४६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ३८९ जना आईसीयूमा र १२१ जना भेन्टिलेटरमा रहेका छन् ।

आजसम्म ६१ लाख ९८ हजार ९३६ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ५५ लाख ६१ हजार ८८५ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !