८ बैशाख २०८१, शनिबार

थप १५५८ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु


नेपाल कोरोना

काठमाडौं । नेपालमा आज थप १५५८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ८ जार ६६५४ नमुनाको पीसीआर टेष्ट गर्दा १०८६ र ३७२० जनाको एन्टीजिन टेष्ट गर्दा ४७२ जनामा संक्रमण देखिएको हो ।

त्यस्तैगरी कोरोन संक्रमणवाट थप १० जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार १३५१ जना संक्रमणमुक्त भएका छन् । देशभरमा २५ हजार ४९७ सक्रिय संक्रमित छन् ।

मन्त्रालयका अनुसार ११७ जनाको भेन्टिलेटमा , ३८६ जनाको आईसीयूमा उपचार भइरहेको छ । १५४७ जना संस्थागत आइसोलेनमा र २३ हजार ९५० जना होम आइसोलेसनमा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !