देशभर थप १४८६ जनामा कोरोना पुष्टि, १२६० जना संक्रमणमुक्त Nepalpatra देशभर थप १४८६ जनामा कोरोना पुष्टि, १२६० जना संक्रमणमुक्त
८ कार्तिक २०७८, सोमबार

देशभर थप १४८६ जनामा कोरोना पुष्टि, १२६० जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १२५३२ पीसीआर परीक्षणमा ११४९ जना र ४००७ एन्टिजेन परीक्षणमा ३७ जना गरी १४८६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२६० जनाले कोरोना जितेका छन् । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !