७ बैशाख २०८१, शुक्रबार

नेपालमा कोरोना खोपको पहिलो डोज लगाएका ८० र दुवै डोज लगाएका ९० प्रतिशतमा ‘एन्टीबडी’


काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) खोपको प्रभावकारिता उल्लेखनीय देखिएको छ । कोरोना बिरुद्धको पहिलो डोज लगाएका ८० र दुवै डोज लगाएका ९० प्रतिशतमा ‘एन्टीबडी’ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जानकारी दिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिउसो एक प्रेस विज्ञप्ति जारी गर्दै दुईतिहाई नेपालीमा कोभिड-१९ एन्टिबडी बनेको एक अध्ययनले देखाएको छ । मन्त्रालयले हालै गरेको ‘सेरोप्रोभ्यालेन्स सर्भेक्षण’ ले ६८.६ प्रतिशत मानिसमा कोभिड-१९ को एन्टिबडी बनेको पाइएको हो ।

मंतार्लायाका अनुसार गत असार २१ देखि साउन ३० गतेसम्म ५ महिनाभन्दा माथि उमेर समुहका १३ हजार १६१ जनामा गरेको सेरो प्रिभिलेन्स सर्वेमा ६८.६ प्रतिशत कोभिड एन्टीबडी देखिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा सातै प्रदेश, हिमाल, पहाड, तराई, गाउँ शहरका सबै लिंग, उमेर, पेशा तथा सबै समुहमा समान एन्डीबडी देखिएको उल्लेख गरिएको छ । यसले हामीले लगाइरहेको कोभिड खोप प्रभावकारी रहेको देखिएको हो ।

उनले अझै पनि कोरोना महामारीको खतरा कायम रहेको र भाइरसले आफ्नो रुप परिवर्तन गरिरहने जोखिम कायम रहेकाले संक्रमण रोकथाम र नियन्त्रण प्रभावकारी उपाय भएकाले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, भीडभाड कम गर्ने र सरसफाईमा ध्यान दिन आग्रह गरेका छन् ।

मन्त्रालयले कोरोना संक्रमणसँग मिल्दोजुल्दो कुनै पनि लक्षण देखिएमा आफ्नो स्थानीय तहसँग सम्पर्क गरी निःशुल्क कोरोना परीक्षण गराउन समेत आग्रह गरेको छ ।

खोपको प्रभावकारिता : पहिलो डोज लगाएका ८० र दुवै डोज लगाएका ९० प्रतिशतमा 'एन्टीबडी'


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !