७ बैशाख २०८१, शुक्रबार

देशभर थप २०६५ जनामा कोरोना पुष्टि, २५ जनाको मृत्यु


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८७५२ जनामा पिसिआर परिक्षण गर्दा १५७७ जना र ४३६५ जनामा एन्टीजेन परिक्षण गर्दा ४८८ जना गरी २०६५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २३३७ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ८ हजार २३० जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९३.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा २५ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट १०६६३ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ७१५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ४५४ जना, ललितपुर जिल्लामा १६९ जना र भक्तपुर जिल्लामा ९२ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ३८ लाख ७७ हजार ४६९ पिसिआर परीक्षण भएको छ भने ४ लाख ५४ हजार ६९४ एन्टीजेन परीक्षण गरिएको छ भने ३३७ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर ३७ हजार ५९९ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना सक्रिय संक्रमितमध्ये ३४ हजार ६७६ जना होम आइसोलेसनमा र २९२३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ६२२ जना आईसीयूमा र १७१ जना भेन्टिलेटरमा रहेका छन् ।

आजसम्म ५० लाख ६३ हजार ५२२ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ४० लाख ५२ हजार ७६५ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !