७ बैशाख २०८१, शुक्रबार

देशभर थप ३३८३ जनामा कोरोना पुष्टि, २४ जनाको मृत्यु


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १०६३८ जनामा पिसिआर परिक्षण गर्दा २४४८ जना र ६०८० जनामा एन्टीजेन परिक्षण गर्दा ९३५ जना गरी ३३८३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा पिसिआर परिक्षणद्वारा कोरोना संक्रमितको संख्या ७ लाख २ हजार ९७ जना पुगेको छ भने एन्टीजेन परिक्षणद्वारा कोरोना संक्रमितको संख्या ६३ हजार ७१८ जना पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९९४ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ६ लाख ६० हजार ११६ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा २४ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ९९२२ जनाको मृत्यु भईसकेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ६१३ जना, ललितपुर जिल्लामा १७७ जना र भक्तपुर जिल्लामा ११४ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ३६ लाख ३३ हजार ११८ पिसिआर परीक्षण भएको छ भने ३ लाख ३१ हजार ८७९ एन्टीजेन परीक्षण गरिएको छ भने ३७१ जना क्वारेन्टाइनमा बसेका छन् ।

कोरोना सक्रिय संक्रमितमध्ये २९ हजार २२ जना होम आइसोलेसनमा र ३०३७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ६८६ जना आईसीयूमा र १६२ जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !