१३ बैशाख २०८१, बिहिबार

देशभर थप ३१२५ जनामा कोरोना पुष्टि, २३ जनाको मृत्यु


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १०६१३ जनामा पिसिआर परिक्षण गर्दा २२७९ जना र ३१९८ जनामा एन्टीजेन परिक्षण गर्दा ८४६ जना गरी ३१२५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा पिसिआर परिक्षणद्वारा कोरोना संक्रमितको संख्या ६ लाख ९९ हजार ६४९ जना पुगेको छ भने एन्टीजेन परिक्षणद्वारा कोरोना संक्रमितको संख्या ६२ हजार ७८३ जना पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९२५ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ६ लाख ५८ हजार १२२ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ९८९८ जनाको मृत्यु भईसकेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ७७० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ५५६ जना, ललितपुर जिल्लामा ११५ जना र भक्तपुर जिल्लामा ९९ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ३६ लाख २२ हजार ४८० पिसिआर परीक्षण भएको छ भने ३ लाख २५ हजार ७९९ एन्टीजेन परीक्षण गरिएको छ भने ३६८ जना क्वारेन्टाइनमा बसेका छन् ।

कोरोना सक्रिय संक्रमितमध्ये २८ हजार ४०५ जना होम आइसोलेसनमा र ३२२४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ६९० जना आईसीयूमा र १७५ जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !