८ बैशाख २०८१, शनिबार

देशभर थप २५६८ जनामा कोरोना पुष्टि, १८ जनाको मृत्यु


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८४०२ जनामा पिसिआर परिक्षण गर्दा १९८१ जना र ४२३४ जनामा एन्टीजेन परिक्षण गर्दा ५८७ जना गरी २५६८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा पिसिआर परिक्षणद्वारा कोरोना संक्रमितको संख्या ६ लाख ९७ हजार ३७० जना पुगेको छ भने एन्टीजेन परिक्षणद्वारा कोरोना संक्रमितको संख्या ६१ हजार ९३७ जना पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०२० जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ६ लाख ५६ हजार १९७ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ९८७५ जनाको मृत्यु भईसकेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ८५१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ५९४ जना, ललितपुर जिल्लामा १६६ जना र भक्तपुर जिल्लामा ९१ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ३६ लाख ११ हजार ८६७ पिसिआर परीक्षण भएको छ भने ३ लाख २२ हजार ६०१ एन्टीजेन परीक्षण गरिएको छ भने ३७५ जना क्वारेन्टाइनमा बसेका छन् ।

कोरोना सक्रिय संक्रमितमध्ये २८ हजार ६३ जना होम आइसोलेसनमा र ३२३५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ६७७ जना आईसीयूमा र १६९ जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !