११ बैशाख २०८१, मंगलबार

देशभर थप ३१०६ जनामा कोरोना पुष्टि, २३ जनाको मृत्यु


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९२६३ जनामा पिसिआर परिक्षण गर्दा २२८० जना र ४२५६ जनामा एन्टीजेन परिक्षण गर्दा ८२६ जना गरी ३१०६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा पिसिआर परिक्षणद्वारा कोरोना संक्रमितको संख्या ६ लाख ९५ हजार ३८९ जना पुगेको छ भने एन्टीजेन परिक्षणद्वारा कोरोना संक्रमितको संख्या ६१ हजार ३५० जना पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९१६ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ६ लाख ५४ हजार १७७ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ९८५७ जनाको मृत्यु भईसकेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ७७५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ५१७ जना, ललितपुर जिल्लामा १६४ जना र भक्तपुर जिल्लामा ९४ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ३६ लाख ३ हजार ४६५ पिसिआर परीक्षण भएको छ भने ३ लाख १८ हजार ३६७ एन्टीजेन परीक्षण गरिएको छ भने ३८० जना क्वारेन्टाइनमा बसेका छन् ।

कोरोना सक्रिय संक्रमितमध्ये २८ हजार २५४ जना होम आइसोलेसनमा र ३१०१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ७०६ जना आईसीयूमा र १६६ जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !