७ बैशाख २०८१, शुक्रबार

देशभर थप ३६११ जनामा कोरोना पुष्टि, २७ जनाको मृत्यु


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९७८३ जनामा पिसिआर परिक्षण गर्दा २४६७ जना र ४८७८ जनामा एन्टीजेन परिक्षण गर्दा ११४४ जना गरी ३६११ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा पिसिआर परिक्षणद्वारा कोरोना संक्रमितको संख्या ६ लाख ९३ हजार १०९ जना पुगेको छ भने एन्टीजेन परिक्षणद्वारा कोरोना संक्रमितको संख्या ६० हजार ५२४ जना पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८१६ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ६ लाख ५२ हजार २६१ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ९८३४ जनाको मृत्यु भईसकेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ८१९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ५५६ जना, ललितपुर जिल्लामा १८७ जना र भक्तपुर जिल्लामा ७६ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ३५ लाख ९४ हजार २०२ पिसिआर परीक्षण भएको छ भने ३ लाख १४ हजार १११ एन्टीजेन परीक्षण गरिएको छ भने ३९० जना क्वारेन्टाइनमा बसेका छन् ।

कोरोना सक्रिय संक्रमितमध्ये २७ हजार ८२० जना होम आइसोलेसनमा र ३१९४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ६८६ जना आईसीयूमा र १६१ जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !