१२ बैशाख २०८१, बुधबार

देशभर थप ३३६५ जनामा कोरोना पुष्टि, १६ जनाको मृत्यु


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९५५५ जनामा पिसिआर परिक्षण गर्दा ४६८७ जना र ५०३२ जनामा एन्टीजेन परिक्षण गर्दा १०३० जना गरी ३३६५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा पिसिआर परिक्षणद्वारा कोरोना संक्रमितको संख्या ६ लाख ९० हजार ६४२ जना पुगेको छ भने एन्टीजेन परिक्षणद्वारा कोरोना संक्रमितको संख्या ५९ हजार ३८० जना पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३७३ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ६ लाख ५० हजार ४४५ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ९८०७ जनाको मृत्यु भईसकेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ८६० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ५९७ जना, ललितपुर जिल्लामा १५५ जना र भक्तपुर जिल्लामा १०८ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ३५ लाख ८४ हजार ४१९ पिसिआर परीक्षण भएको छ भने ३ लाख ९ हजार २३३ एन्टीजेन परीक्षण गरिएको छ भने ३७९ जना क्वारेन्टाइनमा बसेका छन् ।

कोरोना सक्रिय संक्रमितमध्ये २७ हजार ३५५ जना होम आइसोलेसनमा र ३०३५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ६३६ जना आईसीयूमा र १६० जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु