८ बैशाख २०८१, शनिबार

देशभर थप ३८९९ जनामा कोरोना पुष्टि, २० जनाको मृत्यु


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १२६५५ जनामा पिसिआर परिक्षण गर्दा २७२६ जना र ४८६३ जनामा एन्टीजेन परिक्षण गर्दा ११७३ जना गरी ३८९९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा पिसिआर परिक्षणद्वारा कोरोना संक्रमितको संख्या ६ लाख ८५ हजार ६७३ जना पुगेको छ भने एन्टीजेन परिक्षणद्वारा कोरोना संक्रमितको संख्या ५७ हजार १४४ जना पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७७८ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ६ लाख ४७ हजार ७९ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ९७५८ जनाको मृत्यु भईसकेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ७७४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ४७५ जना, ललितपुर जिल्लामा १६७ जना र भक्तपुर जिल्लामा १३२ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ३५ लाख ६३ हजार ९७८ पिसिआर परीक्षण भएको छ भने २ लाख ९९ हजार ६२४ एन्टीजेन परीक्षण गरिएको छ भने ३५६ जना क्वारेन्टाइनमा बसेका छन् ।

कोरोना सक्रिय संक्रमितमध्ये २५ हजार ९३८ जना होम आइसोलेसनमा र २८९८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ६११ जना आईसीयूमा र १७१ जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !